बलात्कार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला
१४ र १३ वर्षीया बालिकाहरूलाई बलात्कार गरेको आरोपमा सुखिपुर नगरपालिका–१ का २३ वर्षीय रमेश यादव विरुद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला असार २६ गते गरेको छ ।
आरोपित यादव हालसम्म फरार रहेकोले जिल्ला अदालतका न्याधीश लिलाराज अधिकारीको एकल इजलासले सो फैसला गरेको हो । आरोपितले बालिकाहरूलाई ०७८ असार ९ गते अपहरण गरी बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा असार २७ गते उजुरी दिएका थिए ।
बालिकाहरूको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार २८ गते भएको थियो । इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्सपेक्टर केशव कटुवालले घटना भए देखि आरोपित फरार रहेको र खोज तलास गर्दा पनि फेला नपरेकोले हद म्याद भित्र मुद्दा अदालतमा दर्ता गराएको बताउनु भयो ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…