बलात्कार घटनाको मुद्दा मुल्तवीमा राख्ने फैसला
४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा स्वर्गद्धारी नगरपालिका — ३ का ५८ वर्षीय रविलाल खनालविरुद्धको मुद्दामा जिल्ला अदालतले ०८० असार २४ गते मुल्तवीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतमा ०८० वैशाख ५ गते दर्ता भएको मुद्दामा न्यायाधीश देवप्रसाद योगीको इजलासले मुल्तबीमा राख्ने फैसला गरेको अदालतका स्रेस्तेदार बिरेन्द्रप्रकास खड्काले जानकारी दिनुभयो ।
पीडितलाई आरोपितले ०७९ साउन १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा साउन १४ गते उजुरी दिएका थिए ।
आरोपित खनाल हालसम्म गिरफ्तार नपरेकोले मुद्दा मुल्तवीमा रहेको जिल्ला अदालतका स्रेस्तेदार खड्काले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०७९ साउन १४ गते जिल्ला अस्पताल, बिजुवारमा गरिएको थियो ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…