बलात्कार घटनाको झुठो उजुरी दिएको कसुरमा सात दिन कैद !
१७ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै झुठो उजुरी दिएको कसुरमा उनकी आमालाई सप्तरी जिल्ला अदालतले पुस १४ गते सात दिन कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले उजुरी विपरित बयान दिइ ‘होस्टाइल’ भएकी उजुरीकर्तालाई यस्तो फैसला गरेको अदालतका स्रेस्तेदार कुमार मास्केले बताउनु भयो ।
बालिकालाई छिन्नमस्ता गाउँपालिका–३ सखडाका २१ वर्षीय अब्दुल मियाँले ०७७ असोज १३ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा असोज २८ गते उजुरी दिएकी थिइन् ।
बालिकाको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ०७७ असोज २८ गते गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयले मियाँलाई ०७७ कात्तिक २ गते गिरफ्तार गरी कात्तिक ३ गते उजुरी दर्ता गरेको थियो ।
जिल्ला अदालतमा कात्तिक २६ गते मुद्दा दायर भएकोमा कात्तिक २८ गतेदेखि मियाँ पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेको प्रहरीले जनायो ।
सप्तरी जिल्ला अदालतको फैसलापछि कात्तिक २८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा रहेका मियाँ रिहा भएको प्रहरीले जनायो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
मतदान अधिकृतको राजीनामापछि मतगणना वा मतदान अन्यौलमा
मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्य अवस्थाको कारण देखाउँदै जेठ १ गते राजीनामा दिएपछि त्रियुगा नगरपालिका–१२ मा मतगणना गर्ने वा पुनः मतदान गर्ने विषयमा अन्यौलता छाएको छ । वैशाख ३०…
प्रहरी र स्थानीयबिच झडप, चार प्रहरी र दुई स्थानीय घाइते
रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच जेठ १ गते झडप भएको छ । झडपमा प्रहरी हवल्दार ४० वर्षीय कृष्ण कुँवर,…
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४६…