बलात्कार घटनाको गलत रिपोर्ट दिएको आरोपमा दुई डाक्टरलाई कारबाही
१२ वर्षीया बालिका बलात्कार भएको घ६नामा पीडित बालिकाको स्वास्थ्य परीक्षणका क्रममा बलात्कार नभएको प्रतिवेदन दिएको आरोपमा दुई जना चिकित्सक कारबाहीमा परेका छन् ।
भदौ ८ गते बलात्कृत बालिकाको नमूना परीक्षणपछि बलात्कार नभएको प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पतालका चिकित्सक डा. विजयकुमार सिंह र डा. रम्भा गोइत कारबाहीमा परेका हुन् ।
नेपाल मेडिकल काउन्सिलले उनीहरुले न्युनतम चिकित्सकीय आचरण तथा व्यवहार विपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै उनीहरुको व्यवसायिक प्रमाणपत्र निलम्बन गर्ने र चिकित्सकीय अभ्यासबाट वञ्चित गराउने निर्णय गरेको हो ।
दुई डाक्टरले भदौ ९ गते पीडित बालिकाको नमूना परीक्षण गर्दा बलात्कार नभएको प्रतिवेदन दिएका थिए । त्यसपछि सिरहा अस्पतालमा डा. राकेशकुमार सिंहले भदौ २५ गते सोही बालिकाको नमुना परीक्षण गर्दा बलात्कार भएको प्रतिवेदन आएको थियो ।
यस विषयमा अध्ययन गर्न नेपाल मेडिकल काउन्सिलले गठन गरेको छानबिन समितिले दुई डाक्टरलाई चिकित्सकीय अभ्यासबाट वञ्चित गराउने निर्णय गरेको हो ।
जनकपुर र सिरहामा बालिकाको नमूना परीक्षणको फरकफरक प्रतिवेदन आएपछि मेडिकल काउन्सिलले डा. कालुसिंह खत्रीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो ।
समितिले वयानका लागि बोलाउँदा अटेर गरी बसेको भन्दै जिल्ला अस्पताल सिरहाका चिकित्सक सिंहलाई सात दिनको म्याद दिई स्पष्टिकरण सोध्ने निर्णय पनि गरेको समितिका प्रवक्ता डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए । समाचार साभारः अनलाइन खबर
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…