बलात्कार घटनाको कसुरमा ७ वर्ष कैद सजाय
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा ईश्वरपुर नगरपालिका–१३ का ३२ वर्षीय नसिर नदाफ मियाँ मन्सुरलाई जिल्ला अदालत सर्लाहीले ०८० पुस २२ गते ७ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालत सर्लाहीका न्यायाधिश कमल प्रसाद पोखरेलको इजलासले आरोपितलाई ७ वर्ष कैद सजाय र ३५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिने गरी मुद्दाको अन्तिम फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।
पीडित बालिकालाई आरोपितले २०७८ साउन १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ईलाका प्रहरी कार्यालय केशरगंजमा ०७८ साउन ३१ गते उजुरी दिनु भएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७८ साउन ३२ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो ।
घटनामा संलग्न आरोपित पुर्पक्षका लागी सिन्धुली जिल्ला कारागारमा रहेको स्रेस्तेदार अधिकारीले जानकारी दिनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…