बलात्कार घटनाको कसुरमा १० वर्ष कैद सजायको फैसला

  ०७९ माघ ७ गते

३८ वर्षीया महिलालाई बलात्कार गरेको कुसरमा जिल्ला अदालतले पाँचखाल नपा–१३ का २५ वर्षीय दिपक रोक्कालाई १० वर्ष कैद, २ लाख जरिवाना र २ लाख ३० हजार रुपैयाँको क्षतिपूर्ति सहितको फैसाला सुनाएको छ ।

जिल्ला न्यायाधीश मोहनराज भट्टराईको ०७९ माघ ५ गतेको इजलासले रोक्कालाई कसुर ठहर गर्दै १० वर्ष कैद, २ लाख जरिवाना र २ लाख ३० हजार रुपैयाँको क्षतिपूर्ति सहितको फैसला गरेको हो ।

पीडित महिलालाई ०७९ वैशाख २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले रोक्काविरुद्ध वैशाख २१ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण धुलिखेल अस्पतालमा वैशाख २१ गते गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले रोक्का विरुद्धको मुद्धा जेठ २ गते जिल्ला अदालतमा दर्ता गरेका थिए । रोक्कालाई जिल्ला अदालतले जेठ ३ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका थिए ।


हिरामान लामा