बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
५२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बोदेबर्साइन नगरपालिका-९ महनौरीका ३६ वर्षीय कामेश्वर मण्डललाई ०८१ असोज ६ गते सात वर्ष कैद सजायको फैसला भएको छ ।
जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले अभियोग दावी पुग्ने फैसला गर्दै आरोपितलाई सात वर्ष कैद गर्ने, ३ लाख रुपियाँ जरिवाना तिराउने, १५ हजार रुपियाँ क्षतिपूर्ति भराउने र फौजदारी कसुर पीडित राहत कोषमा १ हजार ३ सय रुपियाँ जम्मा गर्न लगाउने फैसला भएको अदालतले जनाएको छ ।
घरकोठामा सुतिरहेका बेला आरोपितले ०८० पुस २९ गते बलात्कार गरेको भन्दै पीडितले ०८० माघ १ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परीक्षण सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा ०८० माघ १ गते भएको थियो ।
आरोपित माघ १ गते महनौरी टोलबाट गिरफ्तार भएका थिए । इलाका प्रहरी कार्यालय कडरबोनामा माघ २ गते उजुरी दर्ता भएको थियो । जिल्ला अदालतमा ०८० माघ २६ गते अभियोग पत्र दायर भएकोमा न्यायाधीश उद्वीर नेपालीको इजलासले माघ २८ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…