बलात्कार घटनाको कसुरमा सात वर्ष कैद

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा मलंगवा नगरपालिका–४ का ३२ वर्षीय दिलिपकुमार यादवलाई जिल्ला अदालत सर्लाहीले ०८१ वैशाख १३ गते सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत सर्लाहीका न्यायाधिश सुर्यबहादुर थापाको इजलासले आरोपितलाई सात वर्ष कैद सजाय र ३५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने गरी मुद्दाको अन्तिम फैसला गरेको श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।

पीडितलाई आरोपितले ०८० माघ ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा माघ २४ गते उजुरी दिनु भएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ५ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको थियो ।

आरोपित पुर्पक्षका लागि मलंगवा कारागारमा रहेको श्रेस्तेदार अधिकारीले जानकारी दिनु भयो ।


बुधन साह