बलात्कार घटनाको कसुरमा दश वर्ष कैद सजाय
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तिरहुत गाउँपालिका–३ का २३ वर्षीय ज्ञानु भनिने ज्ञानकुमार साहलाई जेठ १९ गते १० वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १० वर्ष कैद सजायका साथै ५० हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने र फौजदारी कसुर पीडित राहत कोषमा १ हजार ३ सय रुपियाँ भराउनु पर्ने फैसला गरेको छ ।
घरमा शौचालय नभएका कारण पीडित घरनजिकैको बाँसघारीमा ०७७ कात्तिक ८ गते निक्लेकी थिइन् । रातको ८ बज्न लागेकाले एक्लै जान डर मानेकी उनले १९ वर्षीया किशोरीलाई साथ लिएर गएको बताइन् ।
अध्यारोमा च्याप्प समाती मुख थुनेर आरोपित र सोही ठउँका १९ वर्षीय सुनिलकुमार साहले करिब चार सय मिटर टाढा लगेको पीडितले बताइन् । पीडितका अनुसार उनी बलात्कृत भइन् भने अर्की १९ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भयो । मध्यराति घटनाको जानकारी पाएर पौने १ बजे घटनास्थल पुगेको प्रहरीले बलात्कार प्रयासका आरोपित सुनिललाई तत्कालै घरबाट गिरफ्तार गर्यो ।
पीडितको ०७७ कात्तिक ९ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण भयो ।
बलात्कारबाट पीडित बालिकाकी आमाले र बलात्कार प्रयासबाट पीडित किशोरीकी माइजूले ०७७ कात्तिक १० गते दिएको छुट्टा–छुट्टै उजुरी इलाका प्रहरी कार्यालय कञ्चनरुपमा दर्ता भयो।
आरोपित ज्ञानु जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले ०७९ पुस १२ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…