बलात्कार घटनाको कसुरमा तीन वर्ष कैद सजाय

  ०८० बैशाख २३ गते

२९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा मलङ्गवा नगरपालिका–८ का ३६ वर्षीय रामानन्द मिश्रा झालाई जिल्ला अदालत सर्लाहीले वैशाख २१ गते तीन वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश श्री कविप्रसाद न्यौपानेको इजलासले आरोपितलाई तीन वर्ष कैद सजाय र २५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिने गरी मुद्दाको अन्तिम फैसला गरेको अदालतका स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनुभयो ।

पीडित महिलालाई आरोपित झाले २०७८ माघ २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा माघ ११ गते उजुरी दिनुभएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०७८ माघ १२ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो ।

घटनामा संलग्न आरोपित पुर्पक्षका लागी सिन्धुली जिल्ला कारागारमा रहेको स्रेस्तेदार आर्यालले जानकारी दिनुभयो ।


बुधन साह