बलात्कार घटनाको कसुरमा जन्मकैद सजयको फैसला
६ वर्षीया बालिकालाई बलात्कार गरेका कसुरमा नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ घर भई हाल गोसाईंकुण्ड गाउँपालिका–६ धुन्चेमा बस्ने २२ वर्षीय यमप्रसाद भट्टराईलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश राजेन्द्र नेपालको पुस २९ गतेको इजलासले भट्टराईलाई जन्मकैदको फैसला सुनाएको अदालतका श्रेस्तेदार मुना अधिकारीले बताउनुभयो ।
बालिकालाई ०७७ पुस १८ गते आफ्नै कोठामा लगेर बलत्कार गरेको भन्दै भट्टराईविरुद्ध पीडित बालिकाकी आमाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
भट्टराईलाई प्रहरीले पुस १८ गते नै गोसाइकुण्ड गाउँपालिका–६ धुन्चेबाट गिरफ्तार गरी जिल्ला अदालतको आदेशमा करणी सम्बन्धी कसुरमा मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण पुस २५ गते जिल्ला अस्पताल धुन्चेमा गरिएको थियो ।
भट्टराइले मुलुकी संहिता २०७४ को दफा २१९ को उपदफा ९१० र ९२० र उपदफा ९३० को देहाय (क) बमोजिम कसुर गरेको ठहरिएको जनाइएको छ । उक्त कसुर बापत आरोपितलाई सो सहित दफा २१९ को उपदफा ९३० को देहाय (क) बमोजिम जन्म कैदको फैसला गरिएको श्रेस्तेदार अधिकारीले जानकारी दिनु भयो ।
साथै सोही संहिताको दफा २१९ को उपदफा ९३० (क) को यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ देहाय (क) बमोजिम प्रतिवादीलाई ६ लाख रुपैयाँ जरिवाना तोकिएको छ भने पीडितलाई सोही संहिताको दफा २२८ बमोजिम क्षतिपूर्ति बापत ५० हजार रुपैयाँ भराउने पनि जिल्ला अदालतको फैसलामा उल्लेख छ ।
साथै अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ बमोजिम प्रतिवादी भट्टराईले २ दुई हजार ८ सय कोषमा बुझाउनु पर्ने रसुवा जिल्ला अदालतले जनाएको छ ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
शिक्षा क्षेत्रका बिकृती र बिसङ्गती अन्त्यकालागि रिट दायर
इन्सेकलगायत मानव अधिकारवादी संघ संस्था र कानुन व्यवसायीहरूले शिक्षा क्षेत्रमा देखिएका बिकृती र बिसङ्गतीे अन्त्यकालागि नेपालगञ्ज उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा जेठ ५ गते रिट दायर गरेका छन् । सार्बजनिक…
मत परिणाम घोषणापछि सील भएको मतपेटिका भेटिए
महोत्तरीमा मतपरिणाम घोषणापछि सील भएको मतपेटिका भेटिएको छ । सील नै नतोडिएको मतपेटिका भेटिएपछि निर्वाचन आयोगमाथि नै प्रश्न खडा भएको छ । बर्दिबास नगरपालिका वडा नम्बर ८ को मतगणना सम्पन्न…
मतपेटिकाको सिल तोडिएको पाइएपछि बुटवल उपमनपा–११ को मतगणना रोकियो
बुटवल उपमहानपा– ११ मा मतपेटिका खोल्ने क्रममा सिल तोडिएको र स्वस्तिक छाप भेट्टिएपछि जेठ ५ गते मतगणना कार्य रोकिएको छ । सिल तोडिएको र तोडिएको सिल मतपेटिका बाधिएको कपडामा पाइएको…
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…