बलात्कार घटनाको कसुरमा कैद सजाय

  ०७९ चैत ९ गते

एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ ।

जिल्ला अदालतका न्याधीश दण्डपाणी लामिछानेको एकल इजलाशले सो फैसला गरेको हो । पीडितलाई एक लाख रुपियाँ क्षतीपुर्ती दिने समेत फैसला भएको हो ।

आरोपितले बालिकालाई ०७७ माघ २२ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा माघ २२ गते उजुरी दिएका थिए । । बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद अस्पतालमा माघ २२ गते भएको थियो । इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई माघ २२ गते गिरफतार गरेको थियो भने आरोपित जिल्ला अदालतको आदेशमा फागुन १८ गते देखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।


दुर्गा परियार