बलात्कार घटनाको उजुरी दर्ता

१२ वर्षीया एक पूर्ण अपाङ्गता भएकी बालिकालाई भदौ २५ गते बलात्कार भएको आरोपमा भदौ २८ गते प्रहरीमा उजुरी दर्ता भएको छ ।

उठेर हिँड्न नसक्ने, बोल्न र मान्छे चिन्न नसक्ने ती बालिकालाई कसले बलात्कार गरेको हो सो कुरा थाहा नभएको  पीडित बालिकाकी आमाले बताएकी छन् ।

‘बाटोमै घर छ । दिउँसो सुताएर काममा गएकी थिएँ । घर आउँदा ओछ्यान रक्ताम्मे थियो ।’–उनले भनिन्–‘१२ वर्ष उमेर पुगेकाले महिनावारी शुरु भएको होला भन्ने ठानेर सफा गरेँ । तर, नानीलाई धेरै अप्ठेरो भएको बुझेर भदौ २७ गते स्वास्थ्य चौकीमा लैजाँदा स्वास्थ्यकर्मीले बलात्कार भएको छ । जिल्ला अस्पताल लैजानु भने ।’

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २८ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


कोकिला ढकाल