बलात्कार घटनाको उजुरी दर्ता

  ०८० भदौ २२ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपित सखुवानन्करकट्टी गाउँपालिका–४ का २१ वर्षीय संजिपकुमार यादव विरुद्धको उजुरी इलाका प्रहरी कार्यालय लहानले भदौ १९ गते दर्ता गरेको छ ।

आरोपितले बालिकालाई साउन १६ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय लहानमा भदौ १८ गते उजुरी दिएको पीडित आमाले बताइन् । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा भदौ १८ गते भएको थियो ।

घटना पश्चात आरोपित फरार रहेकोले खोज तलास भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी भोलाकुमार भट्टले बताउनु भयो ।


दुर्गा परियार