बलात्कार घटनाका उजुरी दर्ता

  ०८० जेठ ८ गते

१५ वर्षीया बालिकालाई सप्तरी जिल्ला अग्नीसाइर कृष्णासवरन गाउपालिका–४ का १९ वर्षीय अनिल मण्डलले बलात्कार गरेको घटनाको उजुरी इलाका प्रहरी कार्यालय लहानले जेठ ४ गते दर्ता गरेको छ ।

आरोपितले बालिकालाई वैशाख ८ गते बलात्कार गरेको भन्दै कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा जेठ ३ गते उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा जेठ ३ गते भएको थियो ।

इलाका प्रहरी कार्यालयलहानका डिएसपी भोला कुमार भट्टका अनुसार आरोपितविरुद्ध परेको उजुरी दर्ता गरेको र आरोपित फरार रहेकोले खोज तलास भइरहेको बताउनु भयो ।


दुर्गा परियार