बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

  ०७८ फागुन १३ गते

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सिरहा नपा–९ का २३ वर्षीय आलोक यादवविरुद्ध परेको उजुरी जिल्ला प्रहरी कार्यालय सिरहाले फागुन १० गते दर्ता गरेको छ ।

पीडितलाई आरोपितले पुस १२ गतेदेखि बलात्कार गरेको भन्दै आरोपितलाई कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा फागुन ९ गते उजुरी दिएकी थिइन् ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा फागुन ९ गते गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शुभाष बुढाथोकीले घटनाको अनुसन्धान गरी मुद्दा दर्ता गरेको र आरोपित ‘फरार’ रहेकाले खोज तलास भइरहेको बताउनु भयो ।


दुर्गा परियार