बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

  ०८१ जेठ ३१ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १८ वर्षीय दाइ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ जेठ २९ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इश्वरी अधिकारीले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २९ गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा भयो ।


कुलबहादुर नेपाली