बलात्कार घटनाको आरोपित गिरफ्तार

  ०८१ असार २० गते

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालारानी गाउँपालिका-६, साकिन्धाराका ४३ वर्षीय आत्मबहादुर भलामी मगरलाई प्रहरीले ०८१ असार १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिपेन्द्र रावलले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १८ गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा भयो ।


कुलबहादुर नेपाली