बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झेनाम गाविस-८ च्यूरीपानीका २६ वर्षीय हिराबहादुर योगीविरुद्ध जिल्ला अदालतमा भदौ २४ गते मुद्दा दर्ता गरिएको छ ।

पीडित बालिकालाई भदौ १६ गते आरोपितले बलात्कार गरेको आरोपमा भदौ १८ गते इलाका प्रहरी कार्यालय होलेरीमा पीडित पक्षले उजुरी दिएको थियो ।

उजुरीका आधारमा आरोपितलाई भदौ १८ गते गिरफ्तार गरी जिल्ला अदालत रोल्पामा भदौ २४ गते मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १८ गते प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकालाई प्रहरीको संरक्षणमा राखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर केशवबहादुर बस्नेतले जानकारी दिए ।


माधवकुमार ओली