बलात्कार घटनाको आरोपितलाई १९ वर्ष कैद सजायको फैसला

  ०८० चैत २० गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा म्याग्दे गाउँपालिका– ५ का २३ वर्षीय सन्दिप विकलाई तनहुँ जिल्ला अदालतले १९ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश आत्मदेव जोशीको ०८० चैत २० गतेको इजलासले उक्त मुद्दामा अन्तिम फैसला गर्दै आरोपितलाई १९ वर्ष कैद र १ लाख रुपियाँ क्षतीपुर्ती भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पौडेलले जानकारी दिनुभयो ।

बालिकालाई ०७९ असार ३२ गते बलात्कार गरेको भन्दै आरोपित विरुद्ध बालिकाको आफन्तले २०७९ साउन १ गते इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १ गते दमौली अस्पतालमा गरिएको थियो ।


प्रकाशचन्द्र भट्टराई