बलात्कार घटनाको आरोपमा गिरफ्तार

२२ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले माङ्खा गाविस-६ का २२ वर्षीय विश्वास पहरीलाई फागुन २५ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले फागुन २४ गते बलात्कार गरेको भन्दै पीडितले फागुन २५ गते लामोसाँघु प्रहरी चौकीमा उजुरी गरेकी थिइन् ।

पीडित युवतीको स्वास्थ्य परीक्षण फागुन २५ गते बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा गरिएको प्रहरीले जनाएको छ ।


नातिबावु धिताल