बलात्कार घटनाका मुख्य आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा खडक नगरपालिका–५ खोजपुरका २६ वर्षीय सन्तोष साह गिरफ्तार भई असोज ९ गते थुनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा घटनाको ७ महिना पछि गिरफ्तार हुनासाथ आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका हुन् ।
आरोपितले २०७९ चैत १० गते बलात्कार गरेको र सिरहाको कर्जन्हा नगरपालिका–४ बडहरामाल घर भई हाल खडक नगरपालिका–५ खोजपुर बस्ने २८ वर्षीय बिर्जु भनिने बिरजुन साह हलुवाइले सहयोग गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोनामा चैत २० गते उजुरी दिनुभएको थियो । पीडितका अनुसार तरकारी बिक्री गरेर साँझ घर फर्किदै गर्दा साइकल बिग्रिएकाले बिर्जुले मर्मत गरिदिने आश्वासन दिई रात परेपछि मुख थुनी खडक नगरपालिका–५ खरचुहियास्थित आफ्नो घर लगी कोठामा थुनेको र अर्का आरोपित सन्तोषले बलात्कार गरेका हुन् ।
पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा चैत २० गते भएको थियो । गाउँघरबाटै आरोपित बिर्जुलाई चैत २० गते प्रहरीले गिरफ्तार गरेको थियो । जिल्ला अदालतमा ०८० वैशाख १४ गते अभियोगपत्र दायर भएकोमा जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको वैशाख १५ गतेको इजलासले बिर्जु १ लाख रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका छन् । फरार रहेका आरोपित सन्तोषाविरुद्ध चैत २० गते र वैशाख १० गते पक्राउ पुर्जी जारी भएको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…