बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ फागुन २८ गते

१७ वर्षीया बालिकालाई ०७६ माघ ५ गते बलात्कार गरेको आरोपमा प्रहरीले तिला गाउँपालिका–५ चुलाकोटका २१ वर्षीय दिपेन्द्र कामी सुनारलाई फागुन २५ गते गिरफ्तार गरेको छ ।

कुडारी प्रहरी चौकीबाट खटिएको टोलीले सोही गाउँपालिका–४ सापुल्ली गाउँबाट आरोपितलाई गिरफ्तार गरेको हो ।

फागुन २६ गते जिल्ला अदालत जुम्लाले आरोपित सुनारलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर यमबहादुर बुढामगरले बताउनु भयो ।

पीडित पक्षले ०७६ फागुन १९ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७६ फागुन १९ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको थियो ।


मानदत्त रावल