बलात्कार घटनाका फरार कसुरदार गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिनाको कैद सुनाइएका हेटौँडा नगरपालिका-६ बस्ने ४४ वर्षीय पुण्यप्रसाद चौलागाईँलाई प्रहरीले आठ वर्षपछि असार ३१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०६८ असार ३ गते तत्कालीन हटिया गाविसस्थित मनकामना होटलमा लगी बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

उक्त उजुरीको आधारमा ०६८ असार ५ गते गिरफ्तारीमा परेका आरोपित चौलागाइलाई जिल्ला अदालत मकवानपुरको ०६९ चैत ६ गते र पुनरावेदन अदालत हेटौँडाको ०७१ असार १७ गतेको फैसलाले बलात्कारको कसुरमा दोषी ठहर गरी २ वर्ष ६ महिना कैद फैसला तोकिएका आरोपित पुनरावेदनकै क्रममा फरार भएका थिए ।

यसरी फरार रहेका आरोपित चौलागाईँलाई प्रहरीले असार ३१ गते हेटौँडा नगरपालिका-२ को चौकीटोलबाट गिरफ्तार गरी कैद भुक्तनका लागि भीमफेदीस्थित क्षेत्रीय कारागारमा पठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी यज्ञप्रसाद भट्टराइले बताए ।


पुष्पराज अधिकारी