बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
बलात्कार घटनाका फरार आरोपित सोरहवा गाविस-२ का ३४ वर्षीय मानबहादुर बुढा मगरलाई प्रहरीले असोज २८ गते गिरफ्तार गरेको छ ।
इलाका प्रहरी कार्यालय मैनापोखरको विशेष टोलीले बुढामगरलाई घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी नेत्रमणी गिरीले जानकारी दिए ।
सोरहवा गाविस-९ स्थित मानखोलाको जङ्गलमा ०६५ वैशाख १६ गते एक महिलालाई बलात्कार गरेको घटनाको आरोपमा प्रहरीले मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाएको थियो ।
प्रहरीका अनुसार घटनापछि आरोपित बुढामगर फरार रहेका थिए । सो मुद्दामा बर्दिया जिल्ला अदालतले आरोपितलाई दोषी ठहर गर्दै ०६६ जेठ २३ गते चार वर्ष आठ महिना चौध दिन कैद सजायको फैसला सुनाएको थियो ।
मानबहादुर चौधरी
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…