बलात्कार घटनाका फरार आरोपित तीन वर्षपछि गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले बोदे बर्साइन नपा–६ काचनका २५ वर्षीय धर्मेन्द्रकुमार दासलाई तीन वर्षपछि प्रहरीले साउन १७ गते गिरफ्तार गरेको छ ।
जिल्ला अदालत बुझाइएका आरोपितलाई कैद असुल गर्न राजविराज कारागारमा थुनामा पठाइएको अदालतका तहसिलदार किरणकुमार सिंहले बताए ।
न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले असार १७ गते गरेको फैसलाबमोजिम दासलाई आठ वर्षका लागि कारागारमा थुनामा पठाइएको जनाउँदै तहसिलदार सिंहले फैसलाबमोजिम दासबाट पीडितलाई क्षतिपूर्ति समेत भराइने बताए ।
पीडित बालिकालाई आरोपितले ०७२ भदौ १ गते बलात्कार गरेको आरोप थियो । आरोपितलाई स्थानीयबासीले घटनास्थलबाट नियन्त्रणमा लिई भदौ २ गते इलाका प्रहरी कार्यालय बोदे बर्साइनमा बुझाएकोमा सहमतिमा घटना मिलाउने प्रयत्न गरेको इलाका प्रहरी कार्यालय बोदे बर्साइनले उसै दिन साँझ नपर्दै दासलाई निजका बावु साधुशरण दासको जमानतमा छाडेको थियो ।
आरोपितविरूद्ध पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी दिएर एकसाता धाएपछि मात्र ०७२ भदौ ९ गते पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
अधिकारकर्मीहरूले आवश्यक अनुसन्धान गर्न दबाब दिएपछि आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयले ०७२ भदौ १० गते उजुरी दर्ता गरेको थियो ।
प्रहरीले आरोपितलाई छाडिसकेकाले जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले फरार दासका नाममा ०७२ असोज १ गते वारेण्टसहितको म्यादी पूर्जी जारी गरेको बताए ।
एक वर्षपछि अदालतमा हाजिर भएका दासलाई जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलासले ०७३ असोज १२ गते २० हजार धरौटी राख्न लगाएर रिहा गरेको थियो ।
जनकपुर उच्च अदालत राजविराज इजलासले ०७३ चैत १७ गते थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि दास तारेख छाडेर फरार भएका थिए । फरार रहेका दासलाई प्रहरीले साउन १७ गते गिरफ्तार गरेपछि कारागार पठाइएको हो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…