बलात्कार घटनाका फरार आरोपित ६ महिनापछि गिरफ्तार
शारीरिक रूपमा अपाङ्गता भएकी २६ वर्षीया महिलालाई गत भदौ १७ गते बलात्कार गरी फरार भएको आरोपमा प्रहरीले घाँसीकुवा गाविस-१ बानियाँटारका ५२ वर्षीय गोरे भन्ने दिलबहादुर चालिसे क्षेत्रीलाई माघ २७ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालार्इ बलात्कार गरी फरार रहेको आरोपमा क्षेत्रीलाई प्रहरीको विशेष टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी उमेशराज जोशीले जानकारी दिए ।
प्रहरीमा बलात्कार मुद्दा भदौ २२ गते दर्ता भई 'पेण्डिङ्ग'मा नै रहेको हुँदा आरोपितलाई माघ २८ गते तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ २२ गते नै दमौली अस्पतालमा गरिएको थियो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २४ गते)
साउन २४ गते ५ सय ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९१ हजार १ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–मनपा–६ का ३४ वर्षीय बालाराम डाँगीलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ६ का २५ वर्षीय शंकर बिकलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २१ गते यौन…
बाबुद्वारा जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु, आरोपित बुबा गिरफ्तार
१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते गिरफ्तार गरेको छ । ६…