बलात्कार घटनाका फरार आरोपित हाजिर
५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका बोदे बर्साइन नगरपालिका-६ फुलकाहीका ५२ वर्षीय बैद्यनाथ दास ०८१ साउन ३० गते सप्तरी जिल्ला अदालतमा हाजिर भएका छन् ।
हाजिर भएका आरोपितले धरौटी रकम बुझाउन नसकेपछि पुर्पक्षका लागि साउन ३० गते राजविराज कारागारमा थुनामा परेका छन् । जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले पुर्पक्षका लागि तारेखमा रिहा गर्न आरोपितसँग तीन लाख रुपियाँ धरौटी माँग गरेको थियो ।
आरोपितले २०८० असार ७ गते साँझ ७ बजे बलात्कार गरेको भन्दै पीडितले असार ८ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको थियो । घरदेखि पूर्व छिमेकिको घरबाट खोर्सानी लिन गएका बेला चौरीमा आरोपितले बलात्कार गरेको पीडितले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा ०८० असार ८ गते भएको थियो । इलाका प्रहरी कार्यालय कडरबोनामा ०८० पुस २ गते आरोपितविरुद्ध उजुरी दर्ता भएको थियो । फरार रहेका आरोपितविरुद्ध अदालतबाट ०८० मङ्सिर २५ गते पक्राउपुर्जी जारी भएको थियो । आरोपित फेला नपरेपछि जिल्ला अदालतमा ०८१ असार ७ गते अभियोग पत्रदायर भएको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…
परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको…