बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका महादेवा गाउँपालिका–५ मझौरा टोलका ३२ वर्षीय मो. कुर्बान मियाँलाई प्रहरीले ०८० माघ २९ गते गिरफ्तार गरेको छ ।

सप्तरी जिल्ला अदालतबाट जेठ २९ गते पक्राउ पुर्जी जारी भएकोमा खोजतलासका क्रममा फरार आरोपित गाउँघरबाटै गिरफ्तार भई अनुसन्धान थालिएको इन्स्पेक्टर प्रमोद खडकाले बताउनु भयो ।

आरोपितले ०८० जेठ ७ गते राति बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०८० जेठ १२ गते उजुरी दिनुभएको थियो । भारहदमा मोबाइल बनाउन दिएर घर फर्किदै गर्दा हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित महादेवा र भारदहको बीच बेलहा पुल छेउमा आरोपितले समातेर मकै बारीमा लगी बलात्कार गरेको र रातभर राखेको पीडितले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १२ गते गजेन्द्रनारायण सिंह अस्पतालमा भयो । जिल्ला प्रहरी कार्यालयले ०८० जेठ १४ गते उजुरी दर्ता गरेको थियोे ।


मनोहरकुमार पोखरेल