बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

  ०८० माघ ३ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका फरार आरोपित महागढीमाई नगरपालिका-५ बगडमपुरका २४ वर्षीय विकाश जयसवाल ०८० माघ २ गते गिरफ्तार भएका छन् ।

आरोपितले पीडितलाई ०७९ भदौ २० गते विवाह गर्छु भनी फकाई फुल्याई भारतको दिल्ली लगि डेरा काेठामा बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध ०७९ पुस २४ गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिनु भएकाे थियाे ।

पीडितको स्वास्थय परीक्षण ०७९ पुस २४ गते प्रदेशिक अस्पताल कलैयामा भएको थियो ।

उजुरी पश्चात आरोपित फरार रहेका थिए जिल्ला प्रहरी कार्यालयका डिएसपी दधिराम न्यौपानेले बताउनु भयो ।


धिरेन्द्र प्रसाद बरै