बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

  ०७९ असोज १२ गते

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार रहेका आरोपितलाई प्रहरीले ०७९ असोज ११ गते गिरफ्तार गरेको छ ।

रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–३ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाईट बस्ने ३९ वर्षीय जयन्त थापालाई लुकिछिपि बसेको अवस्थामा भक्तपुरबाटै गिरफ्तार गरेको डिएसपी राजू पाण्डेले जानकारी दिनु भयो ।

पीडितलाई भदौ २१ गते दिउँसो आफ्नै घर कोठा बोलाएर बलात्कार गरेको भन्दै पीडितका आफन्तले भदौ २२ गते महानगरिय प्रहरी वृत थिमीमा उजुरी दिएका थिए ।

पीडित युवतीको भक्तपुर अस्पतालमा भदौ २२ गते स्वास्थ्य परीक्षण गरियो ।


रमेश गिरी