बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

  ०७९ साउन २५ गते

बलात्कार घटनाका फरार आरोपित बाँके जिल्ला खजुरा गाउँपालिका८ का २६ वर्षीय अब्दुल खाँलाई प्रहरीले १४ दिनपछि  साउन २३ गते प्रहरीले गिरफ्तार गरेको छ ।

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका आरोपित इलाका प्रहरी कार्यालय मोतीपुरको हिरासतबाट साउन ९ गते फरार भएका थिए ।

पीडितलाई आरोपितले असार २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २३ गते इलाका प्रहरी कार्यालय मोतिपुरमा उजुरी दिएका थिए । प्रहरीले खाँलाई असार २३ गते गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।

गिरफ्तार गरिएका आरोपित खाना खाने समयमा प्रहरीलाई झुक्याएर भागेका थिए ।  जिल्ला प्रहरी कार्यालयका डिएसपी  सुर्यप्रकाश सुवेदीले आरेपितलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण बर्दिया अस्पतालमा असार २२ गते गरिएको थियो ।


मानबहादुर चौधरी