बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप जिल्ला सुनकोशी गाँउपालिका–४का २५ वर्षीय मिठाराम धिमाललाई प्रहरीले २०७८ असोज ६ गते महोत्तरी बर्दिबास नगरपालिका–१ मा लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई साउन १५ गते मध्यपुरथिमि नगरपालिका–४ स्थित सिजन गेष्ट हाउसमा लगि बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध साउन १८ गते महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी दिएको थियो ।
पीडित बालिकाको तर्फबाट उजुरी प्राप्त भएपछि आरोपित धिमालको नाममा साउन २० गते भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अनुसन्धान थालेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले बताउनु भयो ।
आरोपित धिमाललाई प्रहरीले असोज ७ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको गरी अनुसन्धनको लागि हिरासतमा राखेको छ ।
पीडित बालिकाको स्वास्थ्य प्रसुति गृह थापाथलीमा परीक्षण साउन १८ गते गरिएको थियो ।
रमेश गिरी
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…