बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ भदौ १५ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका राइनास नगरपालिका–९ का ३३ वर्षीय प्रकाश थापालाई प्रहरीले भदौ १४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई विगत तीन महिनादेखि बलात्कार गरेको भन्दै पीडित पक्षले राइनास नगरपालिका–९ का ३३ वर्षीय प्रकाश थापा र ५३ वर्षीय अर्जुन विक्रमजङ्ग थापाविरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा भदौ १ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदिश रेग्मीले बताउनुभयो ।

पीडित पक्षको उजुरीपछि आरोपित अर्जुन थापालाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो भने आरोपित प्रकाश थापा फरार भएका थिए ।

घटनापछि फरार भएका आरोपितलाई बेशिसहरबाट भदौ १४ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी कृष्णबहादुर कार्कीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २ गते जिल्ला सामुदायिक अस्पतालमा गरिएको जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।


दलबहादुर मजाकोटी