बलात्कार घटनाका फरार आरोपित ३२ वर्षपछि गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत जाजरकोटद्वारा दोषी ठहर गरिएका भेरीमालिका नपा-६ का ६८ वर्षीय प्रताप वलीलाई प्रहरीले गिरफ्तार गरी कैद भुक्तानीका लागि कात्तिक २ गते कारागार चलान गरेको छ ।

जिल्ला अदालत जाजरकोटले दोषी ठहर गर्दै तीन वर्षको कैद सजायको फैसला सुनाएको ३२ वर्षपछि असोज ३० गते राति ९ बजे वलीलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकालाई ०३६ भदौ २१ गते बलात्कार गरेको घटनामा जिल्ला अदालतले ०४१ सालमा दोषी ठहर गर्दै वलीलाई उक्त कैद सजाय सुनाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हिक्मत बोहोराले जानकारी दिए ।


दिनेशकुमार श्रेष्ठ