बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बस भित्र सामूहिक बलात्कार गरेको घटनाका फरार आरोपित झापा जिल्लाको चन्द्रगढी पृथ्वीनगर नगरपालिका–१ का २१ वर्षीय दिपेश राईलाई प्रहरीले झापा भद्रपुर नगरपालिका–८ बाट असोज २२ गते गिरफ्तार गरी २३ गते भक्तपुर ल्याएर सार्वजनिक गरेको छ ।
आरोपित राईले पीडित बालिकालाई असोज १६ गते बिहान ११ बजे लठ्याउने औषधि हालेको पानी खान दिई काठमाडौँको रत्नपार्कबाट भक्तपुरको सूर्यविनायक ल्याएर नम्बर नखुलेको बसमा राखेर १७ गते बिहान १० बजेसम्म पटक/पटक बलात्कार गरेको अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार आरोपित राईले १७ गते बिहान १० बजे आफ्ना दुई जना साथीलाई बालिकालाई जिम्मा लगाएर आफू फरार भएका थिए ।
राईका साथीले पीडित बालिकालाई भक्तपुर नगरापालिका–८ लिवालीस्थित तवियाखुसी खोलाको किनारामा पार्किङ गरेको बा. ३ ख. २६१२ नं. को बसमा १७ गते बिहान ११ बजेदेखि राती ९ः३० बजेसम्म पटक/पटक सामूहिक बलात्कार गरेको आरोप छ ।
सामूहिक बलात्कार आरोपमा असोज १७ गते राती प्रहरीले घटनास्थलबाट सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ पाङताङका घर भएका सूर्य श्रेष्ठलाई गिरफ्तार गरी पीडित बालिकाको बसबाट उद्धार गरेको एसपी थापाले जानकारी दिनुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरले असोज २३ गते पत्रकार सम्मेलन गरी सामूहिक बलात्कार घटनाका तीनै जनालाई सार्वजनिक गरेको छ ।
पीडित बालिकाले असोज १८ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएकी छन् भने बालिकाको असोज १८ गते नै काठमाडौँ मेडिकल कलेज दुवाकोटमा स्वास्थ्य परीक्षण गरिएको छ । पीडित बालिकालाई भने मानव कल्याण समाजले संरक्षणमा राखेको छ ।
रमेश गिरी
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…