बलात्कार घटनाका फरार अरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका जगन्नाथ गाउँपालिका–४ का २० वर्षीय दिलबहादुर बुढालाई ०८० असोज ८ गते प्रहरीले बाँकेको कोहलपुरबाट गिरफ्तार गरेको छ ।
घरमा एक्लै भएको समयमा आरोपितले ०८० भदौ २२ गते राति बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २३ गते प्रहरीमा उजुरी दिएको थियो ।
घटनापछि फरार रहेका बुढालाई असोज ८ गते गिरफ्तार गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय, बाजुराका इन्स्पेक्टर दानसिंह भण्डारीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण ०८० भदौ २३ गते जिल्ला अस्पताल, बाजुरामा गरिएको थियो ।
पदमबहादुर सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका-९ का २० वर्षीय महेश तोलङ्गेलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १० गते धुलिखेलको एक…
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया दुई जना र १७ वर्षीया एक जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तनहुँ नगरपालिका-२ घर भई हाल टोखा नगरपालिका-९, नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालिका २५…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अजिरकोट गाउँपालिका– ५ का ३१ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर १५ गते यौन…
हत्या घटनाका आरोपित गिरफ्तार
मध्यविन्दु नगरपालिका– १० का ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा ३५ वर्षीय छोरा रुपेश दराईलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । होमबहादुरलाई २०८० मङ्सिर १६ गते साँझ…
बिना कसुर थुनामा राखेको भन्दै हिरासतभित्रै अनशनमा
सहकारीको रकम अपचलन गरेको आरोपमा गिरफ्तार परी अनुसन्धानमा रहनुभएका लमजुङको कालिका सहकारीका सञ्चालक समितिका सदस्य मिलन शर्मा दनाई आफूलाई बिना कसुर थुनामा राखेको भन्दै मङ्सिर १५ गते बिहान ५ बजेबाट…