बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

उमेर नखुलेकी महिलालाई बलात्कार गरेको घटनामा फरार रहेका भानु नपा–११ रूपाकोटका ७५ वर्षीय बमबहादुर भुजेललाई २० वर्ष पछि प्रहरीले पुस १६ गते गिरफ्तार गरेको छ ।

आफ्नै घरमा बसिरहेको अवस्थामा प्रहरीले भुजेललाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

भुजेलले २०५५ वैशाख २१ गते सोही ठाउँकी एक महिलालाई बलात्कार गरेको फैसला गर्दै तनहुँ जिल्ला अदालतले १ वर्ष ४ महिना कैद सजाय तोकेको थियो ।

लामो समयसम्म भारतमा लुकेर बसेका भुजेल केही महिना अघि घर फर्केका थिए । भुजेल घरमा आएको सूचना प्रहरीले पाएपछि उनलाई गिरफ्तार गरेको डिएसपी अर्यालले बताए ।

गिरफ्तारपछि भुजेललाई पुस १६ गते नै जिल्ला अदालत समक्ष उपस्थित गराइएको र अदालतको फैसला अनुसारको कैद भुक्तानको लागि कारागार चलान समेत गरिएको जिल्ला अदालत तनहुँले जनाएको छ ।


प्रकाशचन्द्र भट्टराई