बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
१२ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले भदौ २९ गते न्यायीक प्रक्रियका लागि सहयोग प्रदान गरेको छ ।
पीडित बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएको र घटनापश्चात बालिकाको मानसिक अवस्था पनि ठिक नभएका कारण न्यायीक प्रक्रियामा जान समस्या भएकोले सहयोगका लागि सिविन नेपालले इन्सेकलाई सहयोगका लागि सिफारिस गरेपछि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।
पीडित बालिकालाई भदौ १७ गते कञ्चनपुर जिल्ला लालझाडी गाउँपालिका–१ का ५२ वर्षीय रामपति डगौराले डर, धम्की दिएर बलात्कार गरेको आरोपमा पीडित परिवारले भदौ १८ गते इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीमा उजुरी दिनु भएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १८ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।
घटनापश्चात बालिकाको मानसिक अवस्था नै ठिक नभएपछि सिविन नेपालले उद्धार गरी ओसीएमसीमा उपचार गरी संरक्षण गरिहेकाले पीडितलाई न्यायीक प्रक्रियामा जान आर्थिक अभाव भएपछि सहयोग गरि दिन इन्सेकलाई सिफारिस गरिएको सिविन नेपाल, कैलालीका संयोजक हरीलाल चौधरीले बताउनु भयो ।
आर्थिक अभावका कारण पीडित न्याय पाउनबाट कञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज सहजरुपमा न्यायमा पहुँच पुगोस् भन्नका लागि इन्सेकले आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।
मैनामोती चौधरी
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…