बलात्कार घटनाका पीडित पक्षद्वारा उजुरी दर्ता गर्न माग गर्दै प्रदर्शन

१४ वर्षीया बालिका बलात्कृत भएको भन्दै पीडित पक्षले साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको भएपनि हालसम्म उजुरी दर्ता नगरेको भन्दै पीडितका आफन्त र स्थानीयबासीले उजुरी दर्ता गरी अनुसन्धान गर्न माग गर्दै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा दबाव स्वरूप प्रदर्शन गरेका छन् ।

पीडित बालिकालाई बर्दघाट नपा-१ का २७ वर्षीय हेमे चौधरी सोही ठाउँका २१ वर्षीय निरज चौधरी, २९ वर्षीय निरञ्जन चौधरी, १९ वर्षीय अर्जुन परियार र अभिषेक बासकोटी विरूद्ध उजुरी दिएको भएपनि प्रहरीले उजुरी दर्ता नगरेको भन्दै पीडित पक्षले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा साउन २५ गते प्रदर्शन गरेका हुन् ।

यसै क्रममा आरोपित पक्षबाट पनि निर्दोष व्यक्तिहरूलाई गिरफ्तार गरेकोमा रिहा माग गर्दै जिल्ला प्रहरी र जिल्ला प्रशासनमा सोही समयमा घेराउ गर्दा दुवैपक्षबिच विवाद समेत भएको थियो ।

मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढेको र घटनाका आरोपितलाई उन्मुक्ति नदिइने बताउँदै जिल्ला प्रहरी कार्यलय नवलपरासीका एसपी राजेन्द्र चौधरीले प्रमाणको अभावमा मुद्दा दर्ता गर्न ढिलाई भएको जानकारी दिए ।


नारायण पराजुली