बलात्कार घटनाका पीडितलाई कानुनी प्रकृयामा लैजान इन्सेकको सहयोग
१७ वर्षीया एक बालिकालाई सामुहिक बलात्कार भएको घटनाका पीडितलाई कानुनी प्रकृयामा लैजान असार २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सहयोग गरेको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण कानुनी प्रक्रियामा पुग्न समस्या भएको भन्दै इन्सेकद्वारा गठित जिल्ला स्तरीय सिफारिस संयन्त्र, जुम्लामा सहयोगको लागि पीडितले जेठ २५ गते निवेदन दिएपछि इन्सेकबाट सहयोग रकम हस्तान्तरण भएको हो ।
मानव अधिकार सहायता कक्षको असार १० गतेको निर्णय अनुसार उक्त रकम हस्तान्तरण गरिएको इन्सेकका कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिनु भयो ।
गोठीचौर गाउँपालिका–५ का २० वर्षीय विवेक गिरी र सोही ठाउँका २० वर्षीय पारस देवकोटाले जेठ २३ गते साँझ बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २४ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिनु भएको थियो । प्रहरीमा उजुरी दिएपनि आर्थिक अवस्था कमजोर रहेकी पीडितलाई जिल्ला सदरमुकाममा कानुनी प्रक्रियामा जान आउन समस्या भएको थियो । पीडित बालिकालाई इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले १० हजार रुपियाँ नगद हस्तान्तरण गर्नु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, जुम्लाका डीएसपी नरेन्द्र चन्दका अनुसार घटना अनुसन्धनको क्रममा रहेको छ । जाहेरी सरकारी वकिल कार्यालयमा पुगेको छ । घटनाका आरोपित गिरफ्तार भएपनि असार १९ गते तारेखमा छोडिएको छ । थप प्रमाण पुगेपछि कारवाही प्रक्रिया अगाडी बढाउने छौँ ।
पीडितको जेठ २४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा स्वास्थ्य परीक्षण भएको जिल्ला प्रहरी कार्यालय, जुम्लाले जनाएको छ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…