कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ जेठ ४ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गोदावरी नगरपालिका–४ बासकोटाकी १६ वर्षीय बालिकालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्देश्यले पीडित परिवारलाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।
आमाबुबा नभएकी पीडित बालिकाको आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडित बालिकाले मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।
पीडित बालिकालाई २०८० माघ ४ गते गोदावरी नगरपालिका–२ वनखेतका १९ वर्षीय दिनेश विकले बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ ६ गते इलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिनुभएको थियो ।
पीडित बालिकाको स्वस्थ्य परीक्षण माघ ६ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।
यसैगरी बलात्कार पीडित १४ वर्षीय बालिकालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्देश्यले इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले पीडित परिवारलाई आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ सहयोग रकम प्रदान गरेकाे छ ।
पीडित बालिकाको आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडित बालिकाको बुबाले मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग प्रदान गरेको इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खड्कराज जोशीले बताउनु भयो ।
पीडित बालिकालाई २०८० फागुन १६ गते टिकापुर नगरपालिका–१ शक्तिनगर मुक्त कमैया शिविरका ६० वर्षीय आशाराम डगौरा थारुले बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन १६ गते इलाका प्रहरी कार्यालय, टिकपुरमा उजुरी दिनुभएको थियो ।
पीडित बालिकाको स्वस्थ्य परीक्षण फागुन १६ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको थियो ।
आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुनु नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक जोशीले बताउनु भयो ।
मैनामोती चौधरी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…