बलात्कार घटनाका चार जना आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पुस २५ गते चार जनालाई गठ्ठाघरबाट गिरफ्तार गरेको छ ।
गिरफ्तार पर्नेमा उदयपुर जिल्ला घर भई हाल गठ्ठाघर डेरा गरी बस्ने २५ वर्षीय शिवजी भन्ने रिपुमर्दन बस्नेत, सोही ठाउँ बस्ने १८ वर्षीय सुशान्त खड्का, १८ वर्षीय सुशील कार्की र रौतहट चन्द्रपुर नपा–१ घर भई हाल लोकन्थली बस्ने १८ वर्षीय प्रवेश बस्नेत रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी रेवतीरमण पोखरेलले बताए ।
पीडित बालिकालाई पुस २४ गते दिउँसो चारैजनाले सामूहिक बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपितहरू विरूद्ध पुस २५ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएपछि सोही दिन राति करीब ८ बजे आरोपितहरूलाई गिरफ्तार गरी पुस २६ गते भक्तपुर जिल्ला अदालतमा जबरजस्ती करणी अद्योगमा मुद्दा चलाएको पोखरेलले बताए ।
पीडित बालिकाको स्वास्थ परीक्षण पुस २५ गते प्रसूति गृह थापाथली, काठमाडौँमा गरिएको प्रहरीले जनाएको छ ।
सविना केसी
सम्बन्धित समाचारहरू
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…
भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !
तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । कुन रोगले…
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्सेक प्रतिनिधि सम्मानित
सिन्धुपाल्चोक जिल्लामा मानव अधिकारको पक्षमा तथा समाजमा रहेका हरेक प्रकारका विभेद र हिंसा अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गरेको भन्दै चौतारा सागाचोकगढी नगरपालिकाले मङ्सिर १८ गते ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता…
इन्सेकको सक्रियतामा लैङ्गिक हिंसाविरुद्ध प्रभातफेरी
चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको संयोजनमा र जिल्लामा क्रियाशील अन्य सामाजिक सङ्घ संस्थाहरुको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-४ का २७ वर्षीय सुशिल कुमार यादवविरुद्धको उजुरी ०८१ मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक…