बलात्कार घटनाका कसुरदार गिरफ्तार
६६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा लिखु तामाकोसी गाउँपालिका-३ धोबी बिक टोलका ५० वर्षीय सिंहबहादुर कामीलाई प्रहरीले ०८० जेठ १ गते गिरफ्तार गरेको छ ।
प्रहरीले कामीलाई मन्थली नगरपालिका-१ मन्थली बजारबाट गिरफ्तार गरी जिल्ला अदालतमा बुझाएको र सोही दिन अदालतले सजाय भुक्तानका लागि जिल्ला कारागार कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजुप्रसाद ढकालले जानकारी दिनु भयो ।
पीडित महिलालाई ०७८ पुस २३ गते राति पतिको शोकमा जुठो बारेर बसेको अवस्थामा बलात्कार गरेको आरोपमा कामीविरुद्ध पुस २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण पुस २४ गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा गरिएको थियो । कामीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो ।
प्रहरीले जिल्ला अदालतमा ०७८ माघ १७ गते जबरजस्ती करणीको मुद्दा दर्ता गरेकोमा न्यायाधीश बद्रिप्रसाद ओलीको आदेशले आरोपितलाई पुर्पक्षका लागि १ लाख रुपियाँ धरौटी राखी सोही दिन तारेखमा रिहा गरेको थियो ।
न्यायाधीश इन्दिरा शर्माको इजलासले ०७९ भदौ ३० गते कामीविरूद्धको अभियोग दावी पुग्ने अन्तिम आदेश गर्दै तीन वर्ष पाँच महिना सात दिन कैद सजाय, १ लाख रुपियाँ जरिबाना र १५ हजार रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको थियो ।
कैद सजायको फैसलापछि कामीको खोजतलासका क्रममा ०८० जेठ १ गते गिरफ्तार भएको इन्सपेक्टर ढकालले बताउनु भयो ।
नवराज पथिक
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…