बलात्कार घटनाका कसुरदार गिरफ्तार

  ०८१ माघ २९ गते

सात वर्षीया बलिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ५ महिना २९ दिन कैद सजायको फैसला भएको १३ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २८ गते गिरफ्तार गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश कैलाशप्रसाद सुवेदीको ०८० असोज २१ गतेको इजालसले कसुर ठहर गर्दै ५ महिना २९ दिन कैद सजाय, ४० हजार रुपियाँ जरिबाना र २ सय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।

बालिकालाई ०७८ माघ १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपितलाई प्रहरीले फागुन २३ गते गिरफ्तार गरेको थियो । अदालतको फैसलापछि फरार रहेका बालकलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले गिरफ्तार गरी जिल्ला अदातलमा पठाएपछि थप सजाय भुक्तानका लागि बालसुधार गृह, नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्तीमगरले जानकारी दिनुभयो ।


प्रकाश पौडेल