बलात्कार घटनाका कसुरदारलाई १० वर्ष कैद सजायको फैसला

  ०७९ माघ १८ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा लालबन्दी नगरपालिका–११ का ३२ वर्षीय विकास कापर र लालबन्दी नगरपालिका–५ का २९ वर्षीय रमन कापरलाई जिल्ला अदालत सर्लाहीले माघ १७ गते १० वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश श्री कविप्रसाद न्यौपानेको इजलासले पीडकलाई १० वर्ष कैद सजाय र ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिने गरी मुद्दाको अन्तिम फैसला गरेको स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनु भयो ।

पीडित बालिकालाई कापरले ०७७ फागुन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन १३ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७७ फागुन १४ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो ।

घटनामा संलग्न कसुरदार पुर्पक्षका लागी सिन्धुली जिल्ला कारागारमा रहेको जिल्ला अदालतका स्रेस्तेदार आर्यालले जानकारी दिनु भयो ।


बुधन साह