बलात्कार घटनाका आरोेपित गिरफ्तार

  ०७८ भदौ २९ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–७ का २९ वर्षीय दिपक चौधरीलाई भदौ २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई प्रलोभनमा पारी भदौ १७ गते घरमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय, कैलालीमा भदौ २७ गते उजुरी दिएका थिए ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका सई मोहनबहादुर सिंहले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।


मैनामोती चौधरी