बलात्कार घटनाका आरोपीत गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले सिरहा नपा-१२ का ३० वर्षीय मोहमद इलियास दफालीलाई पुस ४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले पुस २ गते बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा पुस ४ गते उजुरी दिएकी थिइन् ।
पीडित महिलाको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी शेखर कोइरालाले जानकारी दिए ।
पीडित महिलाको स्वस्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा पुस ४ गते गरिएको प्रहरीले जनाएको छ ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४६…
रुपनीमा गरिएको पुनः निर्वाचन शान्तिपूर्ण सम्पन्न
रुपनी गाउँपालिका–५ बसबिट्टीस्थित वडा कार्यालय भवनमा स्थगित भएको निर्वाचन जेठ २ गते कडा सुरक्षाकाबिच शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदानस्थलमा १ हजार ५ सय २३ मतदाता रहेकोमा १ हजार…
धनकुटाको सहीदभूमि–६ मा मतदान सुरु
सहीदभूमि गाउँपालिका–६ मा स्थगित मतदान जेठ २ गतेबाट जारी छ । मतदान प्रक्रियामा नेकपा एमाले र गठवन्धनका प्रतिनिधिबिच वैशाख ३० गते विवाद भएपछि स्थगित भएको मतदान सहीदभूमि गाउँपालिका–६ मा सुरु…