बलात्कार घटनाका आरोपित गिरफ्तार

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा घिरिङ गाउँपालिका–५ घर भई हाल देवघाट गाउँपालिका–५ सेतीभतेरी बस्ने २७ वर्षीय पुरन परियारलाई प्रहरीले चैत १६ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई चैत १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १५ गते इलाका प्रहरी कार्यालय आवुँखैरेनीमा उजुरी दिएका थिए ।

पीडित महिलाको चैत १५ गते दमौली अस्पतालमा स्वास्थ्य परीक्षण भएको जिल्ला प्रहरी कार्यालय तनहुँका इन्स्पेक्टर भानु शर्माले बताउनु भयो ।

आरोपितलाई इलाका प्रहरी कार्यालय आवुँखैरेनीको हिरासतमा राखिएको छ ।


प्रकाशचन्द्र भट्टराई