बलात्कार घटनाका आरोपीतविरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई परोहा नगरपालिका—३ का २८ वर्षीय शेख करनैलले ०७९ माघ २६ गते घर नजिकै आँपको बगैचा जाने क्रममा बलात्कार गरेको आरोपमा पीडितले ०७९ फागुन १४ गते जिल्ला प्रहरी कार्यालय गौरमा आरोपीतविरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता गराएकी छिन् ।
पीडितलाई आरोपीतले आँपको बगैचा जाने क्रममा एक्कासी संवेदनशील अंगहरू समाती बलात्कार गरेको र सो कुरा अरुलाई भनेमा बेइज्जति गर्ने धम्की दिएको पीडितले बताइन् । पीडित युवतीको स्वास्थ्य परीक्षण ०७९ फागुन १४ गते प्रादेशिक अस्पताल गौरमा भयो । आरोपीत फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गौरका डिएसपी सुनिल मल्लले बताउनुभयो ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको छुः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले पीडितलाई न्यायको अनुभूति हुनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको बताउनुभएको छ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा मङ्सिर २४ गते…
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…